पत्रपत्रिका
कारबाही रणनीतिले पार्टी संकटबाट उम्किन कठिन
१९ चैत्र काठमाडौँ– प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै माधव नेपाल समूहलाई कारबाहीको नीति अख्तियार गरे पनि उनलाई पार्टी संकटबाट उम्किन भने निकै कठिनाइ हुने देखिएको छ । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेर निषेधको राजनीति अघि बढाएपछि सिंगो एमालेको भविष्यमाथि प्रश्न […]
जेठदेखि लाइसेन्सको परीक्षा खुकुलो हुने
१९ चैत्र काठमाडौं – यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब परीक्षार्थीले ७० अंकसम्म मात्र ल्याए पनि लाइसेन्स दिने गरी मूल्यांकनको आधार बनाइएको छ । विभागले गत पुस अन्तिम साता सवारी चालक […]
नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइल र इन्टरनेट सेवा पाउने
१९ चैत्र काठमाडौँ – नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने निर्णय गरेपछि नेपाली यात्रुले विमानभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट चलाउन पाउने भएका हुन् । अब नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट प्रयोग गर्न सकिने र १० […]
कांग्रेस रणनीति : घटनाक्रम नियाल्ने तर केही नबोल्ने, नखुल्ने
१९ चैत्र काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ । नया सरकार गठन सम्बन्धमा कांग्रेसले कुनै रुचि नलिएपछि त्यो सम्भावना करिब अन्त्यजस्तै भएको छ । हाल, कम्युनिस्ट शक्तिबीच आन्तरिक कलह मात्रै भएको र सत्ताका लागि उनीहरू विभाजित मनस्थितिमा नपुगिसकेको भन्दै कांग्रेसले तत्काल केही […]
मेलम्चीको पानी सबै धारामा पुर्याउन सात महिना लाग्ने
१७ चैत्र काठमाडौँ उपत्यकामा वितरण थालिएको मेलम्चीको पानी नयाँ प्रणालीअनुसार सबै धारामा पुर्याउन सात महिना लाग्ने भएको छ । लामो प्रतीक्षापछि आइतबारबाट मेलम्चीको पानी उपत्यकामा वितरण थालिएपछि स्थानीय उत्साहित छन्। पानी वितरण भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० को पुरानै प्रणालीबाट भइरहेको छ । केही स्थानमा परीक्षणका रूपमा मात्र नयाँ प्रणालीबाट मात्र वितरण भइरहेको छ […]
नेपालसामु दुई विकल्प
१७ चैत्र काठमाडौँ – निलम्बनमा परे सँगै माधव नेपालका अगाडि दुईवटा विकल्प छन्– एमालेमा समानान्तर कमिटीहरू बनाउँदै जाने वा ओली नेतृत्वको एमाले पार्टीबाहेकका वामपन्थीहरूसँग मिलेर कम्युनिस्ट पार्टीलाई नयाँ स्वरूपमा स्थापित गर्ने । स्पष्टीकरण सोधिएयता नै ओलीले यो कदम चाल्छन् भन्ने विषयमा लगभग निश्चितजस्तै भएका नेपालको गतिविधि यी दुवै विकल्पमा केन्द्रित छ । पछिल्लो समय माओवादी […]
द्रुतमार्गः खोकना विवाद सुल्झिएन, दोस्रो चरणको काम निजगढबाट
१७ चैत्र काठमाडौँ – तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजना काठमाडौँतर्फको जिरो प्वाइन्ट मानिएको खोकनामा जग्गा विवाद नसुल्झिएपछि नेपाली सेनाले दोस्रो चरणको काम बाराको जिरो प्वाइन्ट निजगढबाट सुरु गर्ने तयारी गरेको छ । खोकनातर्फबाटे जग्गा मुआब्जा विवाद नटुंगिएपछि सेनाले निर्माण कार्य दोस्रो चरणमा लैजान र काम नरोक्न भन्दै निजगढतर्फको प्रवेश विन्दुबाट २२ किलोमिटर काठमाडौँतर्फ पुल निर्माण […]
४७ वर्ष लामो सम्बन्धमा ब्रेक : ओली–नेपाल नदीका दुई किनारा
१७ चैत्र काठमाडौँ – समयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनाराजस्तो बनाइदिएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मंगलबार पार्टीबाट निलम्बन गरेपछि उनीहरुबीचको सम्बन्धमा थप दरारको स्थिति पैदा भएको छ । राजनीतिमा असम्भव भन्ने कुरा केही नभए पनि डेढ वर्षयता सम्बन्धमा तिक्तता आएपछि अध्यक्ष ओली नेता […]
सुदूरपश्चिम सरकार ढाल्ने कसरतमा ओली समूह
१७ चैत्र काठमाडौँ – नेकपा एमाले ओली समुहले सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत थालेको छ । नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट यस प्रदेशका मुख्यमन्त्री छन् । एमाले माओवादी केन्द्र र नेपाल समूहको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ताका लागि एमाले संसदीय दलको बैठक बोलाउने तयारीमा जुटेको छ । सोमबार दिउँसो १ बजे संसदीय […]
गर्मीका कपडाको मूल्य बढ्यो
१५ चैत्र काठमाडौं – गर्मी मौसमका लागि आवश्यक कपडाको माग सँगसँगै मूल्य पनि बढेको छ । गर्मी बढ्दै गएपछि बजारमा यस्ता कपडाको माग बढ्दै गएको र ढुवानीको भाडादरसमेत बढेका कारण तयारी कपडाको मूल्य बढेको हो । कोरोनाको त्रास बढिरहेको भए पनि यति बेला काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, सुन्धारालगायतका स्थानमा गर्मीका लागि लुगा […]



