समाचार
कोप–२७ मा नेपालमा जलवायुबाट भएको असर सम्बन्धी वृत्तचित्र प्रदर्शन
काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोप–२७)मा नेपालमा जलवायु परिवर्तनले पुर्याएको क्षतिसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको छ । आगामी मङ्सिर २ गतेसम्म चल्ने सम्मेलन इजिप्टको शार्म एल–शेखमा आइतबारदेखि प्रारम्भ भएको हो । सम्मेलनको चौथो दिन आज ग्रामीण पुनःनिर्माण नेपाल र दिगो विकास इन्स्टिच्युटले आयोजना गरेको साइड इभेन्टमा […]
मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि सीमा सिल
काठमाडौँ – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ। भारत र चीनसँग जोडिएका सिमाना मतदान सुरु हुनुभन्दा तीन दिनअघि सिल गरिने सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता पुरुषोत्तम थापाले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी […]
भारतबाट आएकै दिन श्रीमान् खोसिए
काठमाडौँ – डोटीको पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँकी ४५ वर्षीया विष्नादेवी बोहरालाई दुई वर्षपछि भारतबाट श्रीमान् घर फर्कदा खुसीको सीमा थिएन । जहान परिवार पाल्नकै लागि जीवनको अधिकांश समय मजदुरीमै बिताउने श्रीमान् परिवारसँगै हुँदा घर नै उज्यालो भएको थियो । विडम्बना नियतिले उनको त्यो उज्यालो छिनभरमै अन्धकारमा परिणत भइदियो । ५० वर्षीय उनका श्रीमान् प्रेम बोहरा […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ०० पैसा र बिक्री दर १३० रूपैयाँ ६० पैसा रहेको छ। युरो एकको […]
हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ – हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना […]
आजको मौसम : यी प्रदेशमा हिमपातको सम्भावना
काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बुधबार सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको […]
अबको राष्ट्रपति को ?
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनेछ । निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ । कांग्रेसले राष्ट्रपति पाएमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने […]
फिलिपिन्समा गोली चल्दा चार जनाको मृत्यु, एक घाइते
एजेन्सी – फिलिपिन्सको दक्षिणी बासिलान प्रान्तमा अज्ञात बन्दुकधारीले सुतिरहेका मानिसहरूमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार बिहान ५ बजे लमितान शहरमा गोली चलेको प्रहरीले जनाएको छ । आक्रमणमा विवाह मनाउन प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेका पीडितको घटनास्थलमै मृत्यु भएको हो । आक्रमणमा घाइते भएका अर्का एक जना उपचाररत […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलर र युरो बराबर
काठमाडौँ – नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद […]
सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु
काठमाडौँ – डोटीमा केन्द्रबिन्दु बनाएर मध्यराति शक्तिशाली भूकम्प गएको छ । डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । मंगलबार बेलुकादेखि डोटीमा तीनपटक भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पमा परेर डोटीमा घरसमेत भत्किएको छ । पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा ठक्कर बोहोराको घर […]



