Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

फिलिपिन्समा गोली चल्दा चार जनाको मृत्यु, एक घाइते

एजेन्सी – फिलिपिन्सको दक्षिणी बासिलान प्रान्तमा अज्ञात बन्दुकधारीले सुतिरहेका मानिसहरूमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार बिहान ५ बजे लमितान शहरमा गोली चलेको प्रहरीले जनाएको छ ।

आक्रमणमा विवाह मनाउन प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेका पीडितको घटनास्थलमै मृत्यु भएको हो ।

आक्रमणमा घाइते भएका अर्का एक जना उपचाररत रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक दर्जन राउण्ड गोली र एक एम–१६ असल्ट राइफल बरामद गरेको छ । उनीहरूले आक्रमणको कारण र गोली प्रहार गर्नेहरूको पहिचानबारे अनुसन्धान गरिरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE