समाचार
चोरेको जहाज घन्टौं उडाउँदै दुर्घटनाको धम्की दिने पाइलट हिरासतमा
एजेन्सी – अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा चोरेको जहाज घण्टौंसम्म आकाशमा घुमाएर जानीजानी दुर्घटना गराउन धम्की दिने पाइलटलाई हिरासतमा लिइएको छ । सहरको वालमार्ट स्टोरमा जानीजानी दुर्घटना गराउन धम्की दिने ती पाइलटले विमानलाई सुरक्षित रूपमा अवतरण गरेपछि हिरासतमा लिइएको गभर्नर टेट रिभ्सले जानकारी दिए । ‘विमान अवतरण भएको छ । स्थिति समाधान भएको छ र […]
एउटै गाउँपालिकामा तेह्र जलविद्युत् आयोजना
म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसको सहायक नदी र खोलामा यी विद्युत् आयोजना निर्माण भइरहेका हुन् । ती आयोजनाको कुल उत्पादन क्षमता करिब २३८ मेगावाट छ । यस क्षेत्रमा जलविद्युत् विकासको प्रचुर सम्भावना भए पनि भौगोलिक विकटता र […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : बढ्यो विशिष्ट कक्षको दुरुपयोग
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष दुरुपयोग हुने गरेको छ । भनसुन, चिनजानका आधारमा पहुँचवालाबाट विशिष्ट व्यक्तिलाई आमन्त्रण गर्ने र त्यसैको आडमा विशिष्ट कक्ष दुरुपयोग बढेको छ । गत जेठको अन्तिमदेखि भदौ १७ सम्म दुई महिनामा यस्तै दुईवटा घटना सार्वजनिक भएका छन् । यी सार्वजनिक भएका ठूला घटनामात्र हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका […]
एसिया कप क्रिकेट सुपर चारमा श्रीलङ्काले अफगानिस्तानलाई हरायो
काठमाडौँ – एसिया कप टी–२० क्रिकेटको सुपर चारमा अफगानिस्तानले श्रीलङ्कालाई ४ विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । श्रीलङ्काका धनुष्का गुणाथिलकाले ३३ रन तथा भानुका राजपक्षेले ३१ […]
संसद्को कार्यकाल नयाँ सांसदको पहिलो बैठकसम्म
काठमाडौँ – सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन संशोधन गर्दै उक्त व्यवस्था प्रस्ताव गरिएको हो । विधेयकले प्रतिनिधि सभा निर्वाचन भएर आएको […]
प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको हो । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए तर […]
कुलमान घिसिङलाई हरिवंशले भने– ‘राम्रो मान्छे लैजाँदैछन् भन्ने सुनेको छु, शुभकामना’
काठमाडौँ – वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति गर्दा अहिले नेपालले बिजुली व्यापार गरिरहेको र उहाँको काम प्रशंसायोग्य रहेको बताएका छन् । शुक्रवार विद्युत् प्राधिकरणले काठमाण्डौमा गरेको कार्यक्रममा आचार्यले विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताए । उनले […]
भारतको बिहारमा चट्याङ लागेर १७ जनाको ज्यान गयो
एजेन्सी – भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर सत्र जनाको ज्यान गएको छ । सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोका अनुसार गएको २४ घण्टामा राज्यका ६ वटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहेका १७ जना किसानको चट्याङ लागेर ज्यान गएको हो । गया जिल्लामा तीन जना बालबालिकासहित पाँच जना तथा […]
साफ च्याम्पियनशिप खेल्न काठमाण्डौ आइपुग्यो भारत र बंगलादेशको टोली
काठमाडौँ – महिला साफ च्याम्पियनशिप फुटबल खेल्न भारत र बंगलादेशको टोली काठमाण्डौ आइपुगेको छ । दुवै देशको महिला फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का सदस्यले स्वागत गरेका छन् । महिला साफ च्याम्पियनशिप आउँदो मंगलवारदेखि दशरथ रङ्गशाला काठमाण्डौमा सुरु हुँदैछ । नेपाल, भुटान र श्रीलङ्का समूह ुबीु मा रहेका छन् । […]
झापाको दमकमा एनसीसीको साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको आयोजना तथा सन इन्फोटेक लिमिटेडकको संयोजकत्वमा १७ गते शुक्रबार झापाको दमकमा रहेको ढुकुरपानी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय प्रसाद दाहालको कार्यक्रमको सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रममा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। यसैगरी उनले […]



