समाचार
पाल्पामा गुडिरहेको जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु
१३ भदौ, पाल्पा । पाल्पामा गुडिरहेको जिपमाथि पहिरो खस्दा तीन जनाको ज्यान गएको छ । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिँदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेल रहेको प्रहरी जनाएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० […]
अनुसन्धानमा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैन: प्रधानमन्त्री दाहाल
१२ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्रीमाथि नै अनुसन्धान गर्नु पर्ने भए पनि छोड्न आवश्यक नभएको बताएका छन् । मंगलबार संघीय संसद्मा भएको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेका दाबी समेत गरे । प्रधानमन्त्री दाहालले दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन […]
मन्टेश्वरी प्रि–स्कुलहरुको वृहत भेला सम्पन्न
काठमाडौँ । मन्टेश्वरी प्रिस्कुलहरुको केन्द्रिय संस्था मन्टेश्वरी एसोसीएसन नेपालको आयोजनामा मन्टेश्वरी वृहत भेला (पोखरा २०८०) भाद्र ९ गते पोखराको होटेल रानीबन आर्केड्मा सम्पन्न भएकोछ । सो भेलामा पूर्व झापादेखी पश्चिम बाँके गरी १२ जिल्ला कार्य समितिका पदाधिकारीहरु र स्कुल सञ्चालकहरुको सहभागीता रहेको थियो । हाल मन्टेश्वरीको नाममा विकृति फैलीरहेको, तालिम तथा मन्टेश्वरी पठन सामाग्री नभएको […]
भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण
६ भदौ, काठमाडौँ – भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको थियो । अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने […]
कपनका स्थानीय र काठमाडौँ महानगरबीच झडप
काठमाडौँ-काठमाडौँ महानगरपालिकाका प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । महानगरपालिकाले स्थानीयसँग समन्वय नगरी कपन हुँदै बगेको खहरे खोला खन्न गएको भन्दै स्थानीयले विरोध गरेका हुन् । काठमाडौँ–१० र बूढानीलकण्ठ–७ को सिमानामा रहेको क्षेत्रमा खोला अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने भन्दै महानगर प्रहरी डोजर लिएर पुगेको थियो । नगरप्रहरी पुग्नासाथ स्थानीय भेला भएर आफूहरूसँग […]
त्यो मान्छे छिटै आउदै छ है
२२ पुस काठमाडोँ-भुपेन्द्रबहादुर भण्डारी (अनुराग)को डेव्यू निर्देशनमा निर्मित त्यो मान्छे… बोलको म्युजिक भिडियो अर्को साता रिलिज हुने भएको छ । जनसवाल मिडिया प्रालिको उत्पादन उक्त म्युजिक भिडियो सवाल मिडियाले बजारमा ल्याउन लागेको हो । नयनसिंह क्षेत्रीका शब्दलाई नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले स्वर भरेका हुन् । भिम विसीले संगीत भरेको गीतमा […]
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले आज आइतबारका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ। यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ ७८ पैसा र बिक्री दर १४१ रुपैयाँ […]
आजदेखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौँ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ। सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरू भएको अवसर पारेर उक्त विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो। कास्कीको पोखरामा रहेको विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। आज बिहान पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय […]
अंग्रेजी नयाँ वर्ष २०२३ आजदेखि सुरू
काठमाडौं – नयाँ वर्ष सन् २०२३ आज आइतबारदेखि सुरू भएको छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को बिदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु भइरहेका छन् । इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो […]
तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली उत्पादन चीनतर्फ निर्यात
रसुवा – कोरोना काल अघिबाटै ठप्प रहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट निर्यात थालनी भएको छ । करिब ३ वर्षपछि मंगलाबारबाट रसुवागढी नाकामार्फत नेपालमा उत्पादित सामग्री निर्यात सुरु भएको हो । । रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत नारायण प्रसाद भण्डारीका अनुसार सोमबार नेपालमा उत्पादित वस्तुहरु बाँसका मुडा, हस्तकलाका समाग्रीहरुमा बिशेष त तामाका हस्तकलाका समाग्रीहरु छ […]


