समाचार
पर्यटन क्षेत्र कठिन परिस्थितिमा, पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल
काठमाडौँ। पर्यटन क्षेत्रका दुई अगुवा संस्था नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपालको पर्यटन क्षेत्र अत्यन्त कठिन परिस्थितिमा रहेको जनाएका छन् । दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजीले उठाएको मागको सम्बोधन गरी शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल समेत गरेका छन् । “जेनजीका मागहरु सम्बोधन गर्न […]
लुटपाटमा संलग्न २६ जना पक्राउ
काठमाडौँ। नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच […]
जेन–जीसँग आज जंगी अड्डामा औपचारिक वार्ताको तयारी
काठमाडौं । जेन–जी पुस्तासँग वार्ता गरी देशको असहज परिस्थिति साम्य पार्न नेपाली सेनाले आज जेन–जीका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ । जेन–जीको भ्रष्टाचारविराधी प्रदर्शनपछि उत्पन्न परिस्थितिका बीच तनाव साम्य पार्न नेपाली सेनाले पहल लिएको छ । नेपाली सेनाको समन्वयमा सैनिक मुख्यालय जंगीअड्डामा आज जेन–जी प्रतिनिधिहरुसँग औपचारिक छलफल हुने लागेको हो । गएराति पनि जेनजी प्रतिनिधिसँग […]
देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपील
नेपालमा शान्ति सुरक्षा कायम राख्न देशभर निषेधाज्ञा र कर्फ्यू जारी गरिएको छ। आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अपराध नियन्त्रणमा सहयोग गर्न सेनाको अपील छ। सेनाले तोडफोड, आगजनी, लुटपाट र हिंसात्मक गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। काठमाडौँ । नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा […]
संयमित रहन जेनजीलाई बालेनको आह्वान
काठमाडौँ-काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संयमित रहन जेनजीलाई आह्वान गरेका छन् । मंगलबार काठमाडौँ महानगरका मेयर बालेन साहले फेसबुकमा लेख्दै भनेका छन्,हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त न्भल श् को आन्दोलन हो । प्रिय न्भल श्, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला ११ देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको […]
सरकारद्धारा अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य भयो : शान्ति समाज
मानवअधिकार तथा शान्ति समाजले भ्रष्टाचारको विरोध र सरकारको स्वेच्छाचारीविरुद्धको विरोध प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य भएको निष्कर्ष निकालेको छ । सरकारले नैतिक वैधानिकता गुमाएको भन्दै सरकाकारको क्ररता लोकतान्त्रिक हुन नसक्ने बताएको हो । जेनजी नाममा भएको प्रदर्शनमा प्रहरीले गोली हानी १४ जनाको मृत्यु र दर्जनौं घाइते भएको छ। जेनजी पुस्ताले […]
सुदूरपश्चिममा गौरा पर्व सुरु
सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा […]
लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सांस्कृतिक र वातावरणीय महत्त्वलाई दीर्घकालीन रूपमा सुरक्षित राख्ने उद्देश्यले सर्वोच्च अदालतले चारबुँदे परमादेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमाथि न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलाशले बुधबार दिएको आदेशअनुसार लुम्बिनी क्षेत्र वरिपरिको १५ किलोमीटरभित्र रहेका प्रदूषण उत्सर्जन गर्ने उद्योग दुई वर्षभित्र बन्द वा स्थानान्तरण […]
आज विश्व ताल दिवस, पृथ्वीमा ११ करोड ७० लाखभन्दा बढी ताल रहेको संयुक्त राष्ट्रसङ्घको दाबी
काठमाडौँ । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ बुधबार विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो । राष्ट्रसङ्घीय प्रणालीमा आबद्ध संस्था, अन्य […]
सशस्त्र प्रहरी प्रमुखको चेतावनी : सीमा सुरक्षामा कमजोरी देखिए कमान्डर कारबाहीको दायरामा
✍️ब्यूरो रिपोर्ट काठमाण्ड़ौ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले सीमा क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रणमा कुनै पनि प्रकारको कमजोरी सह्य नहुने चेतावनी दिएका छन्। उनले मुख्यालय स्वयंले सीमा सुरक्षाको अवस्थामाथि सूक्ष्म निगरानी गरिरहेको भन्दै ‘कमजोरी देखिए कमान्डर स्वयं कारबाहीको भागीदार बन्ने’ स्पष्ट सन्देश दिएका हुन्। मंगलबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा भर्चुअल बैठकमार्फत सीमा क्षेत्रमा खटिएका […]



