Date
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023

समाचार

प्रारम्भिक मत परिणाम : अबको संसद अस्थिर हुने आँकलन

काठमाडौं – प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत परिणाम हेर्दा आगामी संसद अस्थिर हुने आँकलनहरु हुन थालेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम घोषणा हुने क्रम जारी छ । देशभरका केही क्षेत्रका मत परिणाम घोषणा भइसकेका छन् भने धेरै स्थानमा मत गणना कार्य जारी छ । घोषणा भइसकेका […]

माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष भन्छन्- ‘नेपालको निर्वाचन व्यवस्थापन सुध्रियो’

काठमाडौँ – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि आउनुभएका माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष फुवाद थोउफिकले नेपालमा विगतको तुलनामा निर्वाचन व्यवस्थापन र प्रक्रियामा सुधार देखिएको बताउनुभएको छ । निर्वाचन अवलोकन र नेपालको भ्रमण सकेर आज स्वदेश फर्कनुअघि अध्यक्ष थोउफिकले आफू विसं २०७० को निर्वाचनमा पनि नेपालमा आएको अनुभन सुनाउँदै अहिलेको निर्वाचनमा […]

दोलखामा पैसा बाँड्न हिँडेका एमाले कार्यकर्ता पक्राउ

दोलखा – स्थिर समयमा पैसा बाँडेको आरोपमा नेकपा एमालेका एक कार्यकर्ता पक्राउ परेका छन् । मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा प्रहरीले दोलखाको गौरीशंकर गाउँपालिका- ३ झ्याकुका जिपछिरिङ शेर्पालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी गङ्गा पौडेलको अनुसार पैसा बाँड्न हिँडेका शेर्पालाई शनिबार पक्राउ गरिएको हो । उनको साथमा साढे दुई लाख […]

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल

नवलपरासी – उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन् । निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको छ । पातीहाल्ने र रिगतालको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँ पर्यटक […]

स्पेनले जोर्डनलाई हरायो

काठमाडौं – फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले जोर्डनलाई हराएको छ । बिहीबार राति भएको खेलमा स्पेनले जोर्डनलाई ३-१ गोल अन्तरले हराएको हो । खेलको १३ औं मिनेटमा अन्सु फातीले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा गाभीले गोल गर्दा स्पेनको अग्रता २-० को बनायो । निको विलियम्सले ८४ औं मिनेटमा […]

एक वर्षमै १२ हजार पुगे कोरिया

काठमाडौं – वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षक श्रम गन्तव्य बनेको दक्षिण कोरियामा एक वर्षमै १२ हजार नेपाली गएका छन् । यी सबै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गएका हुन् । कोभिड महामारीपछि दक्षिण कोरियामा विदेशी श्रमिकको अभाव भएको छ । कामदार आपूर्तिका लागि कोरियाले पहिले दिएको कोटामा थप संख्या बढाएका कारण धेरै नेपाली कोरिया जान […]

भारत र चीनसँगको सीमानाका बन्द

काठमाडौँ – आमनिर्वाचनका लागि बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गरेको हो । मतदान नसकिएसम्म अत्यावश्यक अवस्थाबाहेकमा आवातजावत बन्द हुनेछ । नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने […]

रूसी आक्रमणपछि युक्रेनमा एक करोड मानिस बिजुलीको पहुँच बाहिर

काठमाडौं – रूसी आक्रमणपछि युक्रेनमा एक करोड मानिस बिजुलीको पहुँचभन्दा बाहिर पुगेका छन् । बिहीबार भएको आक्रमणमा परेर कम्तिमा सात जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । युक्रेनी सुरक्षा निकायका अनुसार रूसले ६ वटा क्रुज मिसाइल र पाँच वटा ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ । आक्रमणबाट ग्यास उत्पादन प्लान्ट र मिसाइल […]

टिकट नभए पनि कतारमा विश्वकप हेर्न सकिने

एजेन्सी – हय्या कार्ड तथा टिकट नभएकाहरूले पनि कतारमा विश्वकप हेर्न पाउने भएका छन्। आइतबार अर्थात् २० नोभेम्बरमा सुरु हुने फिफा विश्वकप(२०२२ हय्या कार्ड तथा टिकट नभएकाहरूलाई पनि विश्वकप हेर्ने व्यवस्था गरिएको छ। कतार सरकारको गृह मन्त्रालयले सरोकारवालाहरूसँग आयोजना गरेको भर्चुअल बैठकमा निःशुल्क खेल देखाउने तयारी भइरहेको जानकारी दिएको हो। विशेषगरी कतारको औद्योगिक क्षेत्रमा बस्ने […]

नेपाल र यूएईको तेश्रो एक दिवसीय प्रतिस्पर्धा आज

काठमाडौं – नेपाल र यूएईबीचको तेश्रो तथा श्रृङखलाको अन्तिम एक दिवसीय क्रिकेट प्रतिस्पर्धा आज हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरू हुनेछ। यसअघि नेपाल र यूएईले दुई खेलमा बराबरी जित निकाल्दै एक–एक अंक बाँडेका छन्। सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो भने बुधबार सम्पन्न दोस्रो खेलमा नेपाल […]