Date
मङ्ल, फाल्गुन ५, २०८२
Tue, February 17, 2026

समाचार

छठ पर्वको दिन सिरहामा विष हालेर पोखरीका २५ क्विंटल माछा मारे — संचालकलाई ७ लाख ५० हजार बराबरको क्षति!

✍️सिरहा समाचारदाता सिरहा । धार्मिक पर्व छठको अवसरमा श्रद्धा, भक्ति र सफाइको वातावरणमा खलल पार्दै अज्ञात व्यक्तिले सिरहा नगरपालिका–१५ माडर स्थित काली मन्दिर सार्वजनिक पोखरीमा विष हालेर करीब २५ क्विंटल माछा मारेका छन्। यस घटनाले स्थानीय समुदाय र माछा पालन व्यवसायीहरूमा तीव्र आक्रोश फैलिएको छ। उक्त पोखरी सिरहा नगरपालिका–१५ का दिलीप कुमार सहनीले ठेक्कामा लिएर […]

जसपा नेपालको केन्द्रीय निर्वाचन आयोगका सदस्य धर्मेन्द्र मरबैताको राजीनामा — “विधान विपरीत फर्जी मतदाता सदरी अपराधको साक्षी बन्न सक्दिन”

✍️दिनेश सहनी जनकपुरधाम, १ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक राजनीतिक गतिविधिमा पुनः विवाद उत्पन्न भएको छ। मधेश प्रदेश अधिवेशनको क्रममा पार्टीको विधान विपरीत फर्जी मतदाता सदर गरिएको आरोप लगाउँदै केन्द्रीय निर्वाचन आयोगका सदस्य धर्मेन्द्र मरबैताले आफ्नो पदबाट राजीनामा दिएका छन्। मरबैताले शुक्रवार विभिन्न सामाजिक संजाल विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्व, विशेषगरी निर्वाचन […]

सिरहाको सीमामा पुनः लागुऔषध तस्करी प्रयास विफल, झण्डै ६५ किलो गाँजा बरामद

✍️दिनेश सहनी सिरहा, साउन २६। सिरहाको सीमावर्ती क्षेत्र पटेर्वामा ईलाका प्रहरी माड़रले अवैध लागुऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाको मातहात रहेको ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले गए राती (शनिवार) करिब ९ बजेको समयमा उक्त अवैध लागुऔषध गाँजा नियन्त्रणमा लिएको हो। ईलाका प्रहरी कार्यालय माडरका इन्चार्ज प्रहरी बरिष्ठ […]

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने विश्वास

सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते प्रदर्शनकारी उपचाररत […]

नख्खु कारागार फर्किए रास्वपा सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार फर्किएका छन् । सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए । अदालतको आदेशबिनै परिस्थितिको फाइदा उठाउँदै बाहिर निस्किएको भन्दै लामिछानेको आलोचना भएको थियो । सामाजिक सञ्जालमा शनिबार एक भिडियो सन्देश जारी […]

‘जेन-जी’ आन्दोलनः परिवर्तनको मोडमा देश !

सामाजिक सञ्जालमार्फत सुरु भएको एन्टी करप्सन अभियानका रूपमा विकसित ‘जेन (जी) आन्दोलन’ले देशलाई एक गम्भीर र निर्णायक मोडमा पु‍र्याएको छ । विगतका पुस्ताबाट निरन्तर हुँदै आएको भ्रष्टाचार, अपारदर्शिता र सत्ताको दुरुपयोगप्रति आजको पुस्ताले सार्वजनिक रूपमा प्रश्न उठाउनु र प्रतिकार गर्नु स्वाभाविक थियो । ‘बा, काका पुस्ताको असफलता, मौन समर्थन र अनियमितताप्रति आँखा चिम्लिने प्रवृत्तिका कारण […]

सर्वोच्च अदालतका मुद्दाको सुनुवाइ स्थगित

सर्वोच्च अदालतले आजका लागि तोकिएका मुद्दाहरूको पेशी अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ । अदालतले आज जारी गरेको सूचनामा उल्लेख भएअनुसार भदौ २४ गतेका लागि तोकिएका मुद्दाहरूको पेशी हाललाई स्थगित गरिएको हो । यस्तै भोलीदेखिका पेशीमा रहेका मुद्दाहरूको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । सर्वोच्च अदालतले यसबाट सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति […]

पर्यटन क्षेत्र कठिन परिस्थितिमा, पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल

काठमाडौँ। पर्यटन क्षेत्रका दुई अगुवा संस्था नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपालको पर्यटन क्षेत्र अत्यन्त कठिन परिस्थितिमा रहेको जनाएका छन् । दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजीले उठाएको मागको सम्बोधन गरी शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल समेत गरेका छन् । “जेनजीका मागहरु सम्बोधन गर्न […]

लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौँ। नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच […]

जेन–जीसँग आज जंगी अड्डामा औपचारिक वार्ताको तयारी

काठमाडौं । जेन–जी पुस्तासँग वार्ता गरी देशको असहज परिस्थिति साम्य पार्न नेपाली सेनाले आज जेन–जीका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ । जेन–जीको भ्रष्टाचारविराधी प्रदर्शनपछि उत्पन्न परिस्थितिका बीच तनाव साम्य पार्न नेपाली सेनाले पहल लिएको छ । नेपाली सेनाको समन्वयमा सैनिक मुख्यालय जंगीअड्डामा आज जेन–जी प्रतिनिधिहरुसँग औपचारिक छलफल हुने लागेको हो । गएराति पनि जेनजी प्रतिनिधिसँग […]