समाचार
आजदेखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौँ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ। सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरू भएको अवसर पारेर उक्त विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो। कास्कीको पोखरामा रहेको विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। आज बिहान पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय […]
अंग्रेजी नयाँ वर्ष २०२३ आजदेखि सुरू
काठमाडौं – नयाँ वर्ष सन् २०२३ आज आइतबारदेखि सुरू भएको छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को बिदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु भइरहेका छन् । इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो […]
तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली उत्पादन चीनतर्फ निर्यात
रसुवा – कोरोना काल अघिबाटै ठप्प रहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट निर्यात थालनी भएको छ । करिब ३ वर्षपछि मंगलाबारबाट रसुवागढी नाकामार्फत नेपालमा उत्पादित सामग्री निर्यात सुरु भएको हो । । रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत नारायण प्रसाद भण्डारीका अनुसार सोमबार नेपालमा उत्पादित वस्तुहरु बाँसका मुडा, हस्तकलाका समाग्रीहरुमा बिशेष त तामाका हस्तकलाका समाग्रीहरु छ […]
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
काठमाडौँ – बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४।७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५।३ […]
बिपन्न परिवारका बालबालिकाको मुहारमा खुशी छर्दै गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुली परिवार
काठमाडौँ – गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली टिकटक परिवारले दलित समुदायका बिपन्न परिवारका ८० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा बितरण गरेको छ। शनिबार मधेश प्रदेशको बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नम्बर १ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका ८० जना बालबालिकाहरुलाई मिलिजुली परिवार तथा गणेशमान कृष्णप्यारी स्मृति […]
पाँच सयले बढ्यो सुनको मूल्य
काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार एक सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार […]
अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी
काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताउनुभयो । बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उहाँले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताउनुभयो । “समस्या समाधानका […]
कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : नेता डा कोइराला
काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताउनुभएको छ । विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी ) सहित थप अन्य दल सरकारमा सहभागी हुने दाबी गर्नुभयो । नेता डा कोइरालाले कांग्रेस […]
वृद्ध भत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन : गगन थापा
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सस्तो लोकप्रियताका लागि नेतृत्व तहले वृद्ध भत्तालाई छिटो–छिटो दिने निर्णय गरिरहेको बताउनुभएको छ । आज बिहीवार आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सवमा बोल्दै महामन्त्री थापाले राजनीतिक दलहरूले अबका दिनमा ५० वर्षमा नै वृद्ध भत्ता पाउने व्यवस्था गर्नसक्ने प्रतिस्पर्धा चलिरहेको बताउनुभयो । महामन्त्री थापाले नयाँ प्रधानमन्त्रीले आउँदो […]
आहा ! अन्नपूर्ण…
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका-५, स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र पौलस्त्य पुलहाश्रम नजिकैबाट देखिएको संसारको दशौं अग्लो चुचुरो अन्नपूर्ण हिमालको सुन्दरता । म्याग्दी जिल्लाको अधिकांश डाँडाकाँडा र पहाडका टाकुराबाट हिमश्रृङ्खलासँगै मनोरमश दृश्यावलोकन गर्न पाइन्छ ।


