Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

च्यासलको विजय सुरुवात, पहिलो जित एनआरटीमाथि

काठमाडौँ- पल्सर सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युवा क्लबले प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको छ । प्रतियोगितामा न्युरोड टिम एनआरटी लाई ५–१ ले पराजित गरेको छ । च्यासलको जितमा विमल घर्तीमगर र अमिर श्रेष्ठले समान २ गोल गर्दा सन्तोष साहुखलको नाममा १ गोल रह्यो ।
च्यासलका लागि अमिर श्रेष्ठ १४ औँ मिनेटमा पहिलो गोल गरेका थिए । विमलले दिएको पासलाई अमीरले सदुपयोग गर्दै प्रतियोगितामा पहिलो गोल गरे । च्यासलको अग्रता दोब्बर बनाउने क्रममा अमिरले नै प्रतियोगितामा दोस्रो गोल गरे । उनले २९ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । त्यसअघि एनआरटीले केही सीमित मौकाहरू सिर्जना गरे पनि गोल गर्न सकेन । पहिलो हाफमा २–० को अग्रता बनाएको च्यासलले दोस्रो हाफमा थप ३ गोल थप्यो । ५७ औँ मिनेटमा विमलले गोल गरे । त्यसपछि सन्तोष साहुखलले ६४ औँ मिनेटमा विमलको पासमा गोल गर्दा च्यासल फराकिलो गोल अन्तरको अग्रता बनाउन सफल भयो । एनआरटीका लागि इन्ज्युरी समयमा मसुदले सान्त्वना गोल फर्काए ।
अन्तिम मिनेटमा हेमन्त थापामगरको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । च्यासलको जारी लिगमा यो पहिलो जित हो । टोलीको ३ खेलमा ४ अंक भएको छ । एनआरटी भने लगातार दोस्रो खेलमा पराजित भयो। एनआरटीको ३ खेलमा १ अंक छ ।

WRITE COMMENTS FOR THIS ARTICLE