Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

एमसीसी संसोधन हुँदैन : परराष्ट्रमन्त्री खड्का

११ आश्विन, काठमाडौँ –राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकी अनुदान सम्झौता एमसीसी संशोधन हुन नसक्ने बताउनुभएको छ।

आइतबार गैरआवासीय नेपाली संघले न्यूयोर्कमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले एमसीसीमा सहिछाप भैसकेको भन्दै संसोधन हुन नसक्ने बताउनुभएको छ ।

सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीले चाहिँ संसोधन बिना एमसीसी अनुमोदन हुन नसक्ने बताइसक्नुभएको छ । यसै महिनाको सुरुआतमा नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारले पनि एमसीसी संसोधन हुन नसक्ने बताएको थियो ।

परराष्ट्रमन्त्रीले भन्नुभयो, ‘‘सहि छाप गर्दा किन नहेरेको । एमसीसी परियोजना अनुदान हो । हामीले मागेको हो । संशोधन गर्नुपर्ने भए किन नपढ्नु भएको त त्यति खेर । सबै दलको राष्ट्रिय सहमति प्राप्त गरेपछि अघि बढ्ने हो ।’

एमसीसीको अन्तर्राष्ट्रिय मापदण्ड रहेको बताउँदै उहाँले नेपालले संशोधन गर्दा एमसीसी लागू भएका देशसमेत प्रभावित हुने भएकाले यो कठिन हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँगाउँमा एमसीसी गलत भनेर छरिएको छ ।

म आफ्नो जिल्लामा जाँदा कुटाइ खाइएला भन्ने डर भइसक्यो । माइतीघर मण्डला खबरदार एमसीसी पास गरेपछि तिमीलाई मार्छौ भन्ने नारा लाग्छ ।’ ‘सबै दलका नेतृत्वले नै यदि संशोधन गर्ने नै हो भने त्यतिबेला पास गर्न दिनुहुँदैन थियो’ उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री केपी ओलीले जसरी पनि एमसीसी पास हुने बताए पनि अहिले चुप लागेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो, ‘ओली सत्ता बाहिर गएपछि संशोधन भएर मात्रै पास हुनुपर्छ भन्नुभएको छ ।

हामी राष्ट्रिय नेता जवाफदेही हुनुपर्छ । बारम्बार संशोधन गर्दा के पर्छ असर भनेर । अहिले केपी ओली सरकार बाहिर आएपछि संशोधन गर्नुपर्छ भन्नुभयो । एमसीसी नेपालको आवश्यकता भएको कुरा सबै राजनीतिक दललाई थाहा भएको बताउँदै उनले बाहिर हल्ला गरेजस्तो एमसीसी नभएको जिकिर गर्नुभयो ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE