संसद विघटनविरुद्धका मुद्दामा प्रधानन्यायाधीश जबराको नेतृत्वमा संवैधानिक इजलास गठन
संसद विघटनविरुद्धका मुद्दामा प्रधानन्यायाधीश जबराको नेतृत्वमा संवैधानिक इजलास गठन
१४ जेठ, काठमाडौं– संसद विघटन विरुद्धका रिटहरुमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ ।
इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।
संवैधानिक इजलासमा परेका रिटहरुमा आज (शुक्रबार) देखि नै सुनुवाइको तयारी रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
सर्वोच्चमा संसद विघटन विरुद्धका ११ वटा रिट संवैधानिक इजलासमा रहेका थिए । यद्यपि हिजो प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजालासले यसै सँग सम्बन्धित अन्य रिटहरुको पनि गम्भीर संवैधानिक व्याख्या गुर्नपर्ने भन्दै अन्य १९ रिट पनि संवैधानिक इजलासको जिम्मा लगाएको थियो । यी सबै रिटको सुनुवाइ अब संवैधानिक इजलासले गर्नेछ ।
यसअघि गत पुस ५ गते विघटन गरिएको संसद विघटनलाई संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE