मुक्तिनाथ कृषि कम्पनीले आइपीओ जारी गदै
२१ आश्विन,काठमाडौँ – मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारण सेयर (आइपीओ) जारी गर्न लागेको छ । यहीँ वर्षको चैतभित्र कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो । सर्वसाधारणका लागि ४ करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुन लागेको बताइएको छ ।
२०७५ सालमा १ अर्ब रुपैयाँ अधिकृत पुँजी र ४० करोड जारी पुँजीसहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । उक्त सेयर निष्काशनका लागि यही असोज २१ गते मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले धितोपत्र निष्काशन व्यवस्थापनको लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । कम्पनीमा मुक्तिनाथ बिकास बैंकलगायत नेपालका ८ सय ६३ जनाभन्दा बढी व्यवसायिक व्यक्तिहरुको लगानी रहेको छ ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE