माधवकुमार नेपाल अस्पताल भर्ना
१४ आश्विन, काठामाडौँ – नेकपा ९एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ। ज्वरो र खोकीको समस्याका कारण बुधबार नेता नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको हो ।
उहाँको सचिवालयका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।उहाँको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा.सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको नेपालको सचिवालयले जनाएको छ ।
नेता नेपालको निजी सचिवालयका अनुसार अस्पतालमा भेटघाट पूर्णरुपमा बन्द गरिएको छ । सचिवालयले सूचना जारी गर्दै भनेको छ, ‘उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दै स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा सादर अनुरोध छ।’

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE