उपत्यका प्रशासनले गर्यो खाद्यान्न किन्ने वैकल्पिक व्यवस्था, चाहिए यी नम्बरमा फोन गर्नुहोस्
उपत्यका प्रशासनले गर्यो खाद्यान्न किन्ने वैकल्पिक व्यवस्था, चाहिए यी नम्बरमा फोन गर्नुहोस्
१३ जेठ, काठमाडौं– उपत्यकाका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने व्यवस्था गरेको छ ।
केही दिन अघिमात्र किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेको प्रशासनले आज वैकल्पिक व्यवस्था गरेको भन्दै एक विज्ञप्ती जारी गरेको हो । उपत्यका प्रशासनको केही दिन अघिको निर्णय आलोचित भएपछि प्रशासनले वैकल्पिक व्यवस्था गरेको हो ।
प्रशासनले वैकल्पिक व्यवस्थाबाट खाद्यान्न लिनका लागि कम्पनीको फोन नम्बर पनि सार्वजनिक गरेको छ । प्रशासनद्वारा जारी विज्ञप्तीमा सर्वसाधारणले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको जनाएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE