आफ्नै साथीको हत्या गरेको अभियोगमा एक पक्राउ
आफ्नै साथीको हत्या गरेको अभियोगमा एक पक्राउ
२६ जेठ, काठमाडौं– आफ्नै साथीको हत्या गरेको अभियोगमा कैलालीबाट एक जना पक्राउ परेका छन् ।
लम्कीचुहा नगरपालिका–२ मोतिपुर डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढीका ३६ वर्षीय बिशाल बुढाथोकीको हत्या गरेको अभियोगमा उनकै साथी कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोम बहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले सोमबार दिउँसो टाउकोको पछाडी घाउ लागेको अवस्थामा विशाललाई सोमबार दिउँसो मृत अवस्थामा फेला परेको थियो ।
घटनाको अनुसन्धानको क्रममा घटनापश्चात फरार भएका सोम बहादुरलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले लुकीछुपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीले उनीहरूबीच आइतबार बेलुका घरेलु मदिरा सेवन गरी विवाद हुँदा सोम बहादुरले फलामको कर्नीले टाउँकोमा हिर्काउँदा बिशालको मृत्यु भएको खुल्न आएको छ ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE