Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

काठमाडौँ — संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद् स्रोतले बताएको छ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदैछन्। संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

गत मंसिर १७ मा प्रधानमन्त्रीको अध्यक्षतामा पहिलोपटक बसेको बैठक प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले कार्यव्यस्तता देखाएपछि निर्णय नगरी स्थगित भएको थियो।त्यसपछिमंसिर २२ का लागि बोलाइएको दोस्रो बैठकसमेत देउवाको अनुपस्थित भएका कारण स्थगित भएको थियो। २३ गते मंगलबार पनि बिहानका लागि बोलाइएको बैठक दिउँसो, अपराहन र साँझ भन्दै अन्तिममा बस्दै नबसी स्थगित भएको थियो। आजको बैठकमा भने देउवा उपस्थित थिए। कान्तिपुरबाट

WRITE COMMENTS FOR THIS ARTICLE