Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

यसरी बनाउनुहोस् मिक्स भेजिटेबल सुप

सामाग्री

फूलगोभी, एक कप काटेको गाजर, मध्यम आकारमा काटेको भेँडे खुर्सानी, बिज निकालेर काटेको, हरियो मटर दाना आधा कप । अदुवाको पेस्ट एक सानो चम्चा, कर्नफ्लोर एक ठूलो चम्चा, बटर दुई ठूलो चम्चा, मरिच आधा चम्चा, चिल्ली सस एक ठूलो चम्चा, कागती एक सानो चम्चा, हरियो धनियाँ एक चम्चा काटेको, नुन स्वादअनुसार

विधि

मिक्स भेजिटेबल सुप बनाउन सबैभन्दा पहिला सबै सब्जी धुने । त्यसपछि दुई ठूलो चम्चा पानीमा कर्नफ्लोर भिजाउने ।

एउटा भाँडामा बटर तताउने । तातिएपछि अदुवाको पेस्ट र काटेको सब्जी हालेर धिमा आगोमा पकाउने ।

सब्जी भुटेपछि त्यसलाई ढक्कनले छोपेर धिमा आँचमा दुई मिनेट पकाउने । त्यसपछि सब्जीमा आधा लिटरभन्दा थोरै बढी पानी हाल्ने र मरिच, चिल्ली सस र नुन घोलेर मध्यम आँचमा पकाउने । यस्तो मिश्रणलाई केही समय पकाएपछि मिक्स भेजिटेबल सुप तयार हुन्छ । यसलाई कागती, हरियो धनियाँ र थोरै बटर हालेर तातोतातो सेवन गर्न सकिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE