तारा खोलामा भिषण आगलाली, ३ जनाको मृत्यु
- सिताराम थापा
बागलुङ – बागलुङ जिल्लाको ताराखोलामा भिषण आगलागी भएको छ । ताराखोला गाँउपालिकामा आगलागी भई ३ जना बालबालिका घटना स्थलमै मृत्यु भएको हो। जिल्लाको ताराखोला गाउँपालिका वार्ड नं. ४ मा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको हो । ताराखोगाउँ वडा नम्बर–४ तारामा आगो ताप्ने क्रममा यामबहादुर खत्रीको दुई तले कच्ची गोठमा आगो लाग्दा रूद्रबहादुर रोकाका ६ वर्षीय छोरा रतिश रोका, डिल बहादुर घर्तीको ६ वर्षीय छोरी ऋतु रोका र ४ वर्षीय छोरा आयुश रोकाको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मंगलबार दिउँसो ४ बजेदेखि लागेको आगो इलाका प्रहरी कार्यालय ताराखोलाबाट गएको प्रहरीको एक टोलीले बेलुका साढे ७ बजे मात्र नियन्त्रणमा लिएको पनि प्रहरी कार्यालयले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE