प्रथम जैमिनी महोत्सव शुक्रबार देखी सुरु
- सीताराम थापा
बागलुङ – जिल्लाको दक्षिण भेग कुश्मीशेरामा शुक्रबार देखी प्रथम जैमिनी महोत्सब सुरु भएको छ । परापुर्वकाल देखि जैमिनिघाटमा माघे सक्रान्तिका बेला गर्दै आएको मेला कुश्मिशेरामेलाको अर्को रुपको रुपमा यो महोत्सब गरिन लागेको आयोजकले बताएका छन्। जैमिनी नगरपालिका कुश्मिसेरामा बजारमा शुक्रबार विभिन्न सांस्कृतिक झांकि, प्रर्दशनी, बाजागाजा, नाचगित, भजन सहित विशाल र्र्यालिको आयोजना सहित महोत्सब शुरु गरिएको हो। स्थानिय सहारा युवा क्लवको आयोजना र जैमिनी नगरपालिकाको मुख्य सहयोगमा आयोजित महोत्सवको जैमिनी नगरपालिका का प्रमुख इन्द्रराज पौडेलले उद्घाटन गरेका हुन् । जैमिनी नगरपालिका २ दमेक दुर्लेवेसी स्थित सहारा खेल मैदानमा साविकको पश्मिाञ्चल क्षेत्रकै ऐतिहासिक मेलाको रुपमा मनाइदै आएको माघेसक्रान्ति मेलालाई यस बर्ष प्रथम जैमिनी महोत्सवको रुपमा मनाउन लागिएको र नगरपालिकाका ठुलो सहयोग भएकोले यसलाई सफल बनाउन सबैले सहयोग गर्न नगर प्रमुख ईन्द्रराज पौडेलले बताउनु भयो।
पौष २७ गते देखि माघ ३ गते सम्म सात दिन हुने उक्त महोत्सबको शुभारम्भ उद्घाटन जैमिनि नगरपालिका प्रमुख ईन्द्रराज पौडेलले गर्नु भयो । भने माघे संक्रान्ति मेलाको अवसरमा गरीएको महोत्सबको विशेष उद्दघाटन र समारोह सहित माघे सक्रान्तिका दिन माघ १ गते नेपालका उप राष्ट्रपति नन्दकिशोर पुनले समुदघाटन गर्ने तयारी रहेको उद्घाटन सत्रमा बताईको छ। उद्घाटन समारोहमा महोत्सबमा प्रथम मेयरकप खुल्ला भलिबल प्रतियोगिता, दोश्रो जैमिनि डान्स आईडल प्रतियोगिता,खुल्ला भजन प्रतियोगिता, ब्याडमेन्टन प्रतियोगिता, प्रदेश स्तरीय दोहोरी गित प्रतियोगिता हरु हुने तयारी पूरा भएको जानकारी दिए ।
महोत्सबको आकर्षणको रुपमा रमाईलो मेला सहित कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, स्थानीय कलाको प्रदशर्नी र बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरीएको उद्घाटन सत्रमा बताईएको छ । जैमिनी क्षेत्रमा लोकप्रिय रहेको सोरठी र सालैजोलाई महोत्सवको प्रमुख आकर्षणको रुपमा प्रस्तुत गर्ने तयारी रहेको पनि उद्घाटन समारोहमा बताईएको छ। यस महोत्सब परापुर्वकाल देखि कुश्मिशेरा नजिकै रहेको जैमिनिघाट मन्दिरमा धार्मिक पुजा सहित मेला लाग्ने गरिएको थियो। उक्त मेला २० शालमा एक जना प्रहरी अधिकृत ईन्सपेक्टर मारीयको घटना पछि स्थगित भएर जैमिनिघाट नजिकको बजार कुश्मिशेरामा गरीदै आएको ऐतिहासिक मेला लाई यस वर्ष महोत्सबमा रुपान्तरण गरीएको नागरीक अभियान्ता यवं संचारकर्मि समेत रहेका सीताराम थापा बताउनु हुन्छ। यहि चर्चित जैमिनिघाटबाटै नगरपालिकाको नामाकरण गरिएको पनि थापा बताउनु हुन्छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE