Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर आज

काठमाडौं– शुक्रबार बस्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यतालिका राखिएको छ। शुक्रबार १२ बजेको लागि डाकिएको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाको नियमावलीको परिच्छेद ९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राखिएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेयले जानकारी गराए।

पुस २२ मा प्रधानमन्त्रीले संसदमा संम्बोधन गरिसकेपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरुले प्रश्न राख्न नपाएपछि त्यस दिनको संसद बैठक अवरुद्ध भएको थियो। आज संसदमा प्रधानमन्त्री ओलीले आसन्न स्विजरल्यान्ड भ्रमणका बारेमा पनि जानकारी गराउने बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE