Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

६४ वर्षपछि श्रम कानुन फेर्दै मलेसिया

काठमाडौं – मलेसियाले श्रम कानुन हेरफेरका अन्तिम तयारी गरेको छ। मलेसिया सरकारले विदेशी कामदारको सही व्यवस्थापन गर्न भर्ना प्रक्रिया, सेवा सुविधा, सुरक्षालगायतमा आधारित ६४ वर्षे पुरानो रोजगारसम्बन्धी ऐन ९१९५५० परिवर्तन गर्न लागेको हो ।

यसमा उल्लिखित कतिपय ऐन सात वर्षअघि संशोधन गरिएको थियो। उक्त प्रस्तावित ऐन पारित भई लागू भए नयाँ कामदार भर्नासमेत सोहीबमोजिम गर्ने तयारी मलेसिया सरकारले गरेको समाचार कान्तिपुर दैनिकमा छ ।

१६२ पृष्ठको उक्त ऐनमाथि अध्ययन गर्न र सरोकारवालासँग छलफल गरी विदेशी कामदार व्यवस्थापनबारे नीति निर्माणमा सघाउन सरकारले गत वर्षको अक्टोबरमा एक स्वतन्त्र परामर्श समितिसमेत गठन गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE