यस्तो छ एकनाथ ढकालले प्रधानमन्त्रीसंग सांसदपद माग्नुको कारण
सवाल सम्वाददाता
काठमाडौं-नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसंग संसद पद मागेका छन् । पूर्वमन्त्री समेत रहनु भएका ढकालले प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा तत्कालिन एमालेसंगको समूहलाई सघाउने र दलको संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने भन्ने सहमति भएको र सो सहमतिको कार्यान्वयनको माग गर्नुभएको हो ।
उहाँले भन्नु भयो तत्कालिन एमालेसंग सहमति भएको भएपनि नेकपाको सबै नेताहरु यसमा सकारात्मक हुनुहुन्छ । म विस्वस्त छु त्यो कार्यान्वयन हुन्छ । साथै उहाँले नेपाल परिवार दलले जागरण अभियान चलाईरहेको र यस विषयमा पनि कुरा गर्न आफु प्रधानमन्त्रीलाई भेट्न गरेको जानकारी समेत दिनुभयो ।
एसिया प्यासिपका कारण पछिल्लो समय सामाजिक सञ्जाल तथा सदमा समेत आलोचित हुन पुगेका ढकाललाई यदि कार्यान्वयन नभए के गर्नुहुन्छ भन्ने हामीले प्रश्न गर्दा उहाँले यो विषयमा कुनै शंका नै नरहेको दाबी गर्नुभयो ।
ढकालको ध्यानाकर्षणमा प्रधानमन्त्री ओलीले पार्टी सचिवालयमा छलफल गरेर यस विषयमा जवाफ दिने बताउनुभएको छ । अध्यक्ष ढकालले आफूलाई संसदमा प्रतिनिधित्व गराउन नेकपाका अर्का अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुलाई समेत ध्यानाकर्षण गराउने जनाएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE