अहिले एक घर एक परदेशी भएको छ भोलि एक घर एक आतंककारी नबनोस
विदेशमा लाखौं कमाउने मात्र छैनन्, यहाँ महिनको १५/२० हजारमा पनि काम गर्ने हरु पनि छन् । दुइ देखि तीन महिन काम गरेको पैसाले भाडा तिरेर कसरी फर्कन सक्छन् तिनीहरु
कोरोना भाइरस का कारण बिदेश मा घ महिना देखि जागिर गुमाएर अलपत्र परेको नागरिक माथी सरकार उद्दार को नाउमा ३ गुणा भन्दा बडि फ्लाइटको भाडादर बडाएर खुलेआम कालोबजारी गर्दैछ राहत को नाउँमा । संकट को बेलामा एउटा माक्समा एक रुपैया बडाएर ब्यापार गरि आफ्नो गुजारा गर्ने एउटा साधारण फुटपाथको व्यापारीले लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्छ । चाडबाड आयो, गाउँ गाँउमा बडो मुस्किलले जोखिम मोलेर घर आँगनमा गाडी पुर्याउने यातायात संचालक ले एक रुपैया बडि लियो भने लाखौं जरिवाना तिर्नु पर्छ । सरकार कै कारण नाकाबन्द हुन्छ अनि तेल मट्टीतेलमा एक रुपैया बढायो लाखौं जरिवाना लगाउछ । लकडाउन छ सामान ढुवानी हुदैन भएको सामानमा अलिकति दाम बढाएर सबैको भागमा पर्ने हिसाबले बिक्री बितरण गर्यो भारी जरिवाना लादेर बिल्लिबाठ बनाइदिन्छ । उस्तै परे बन्द नै गरिदिन्छ ।
यी र यस्ता कुराहरुमा खाली सरकार मात्र बिरोध गर्दैन मानव अधिकार, नागरिक समाज, पत्रकार, मिडिया कर्मी लगाएत एक साधारण नागरिक पनि चुपचाप बस्दैन । यस्तो बिरोध गर्छन् कि उनिहरुको घरबार बेच्नु पर्ने भयो सर्वसाधारणले सामानमा २/४ रुपैया दाम बडाउदा । संकट को बेला आँगनमा पुर्याउने गाडीमा १० रुपैया भाडा बडाउदा । हामी आज किन यो विषयमा चुपचाप छौ कि नियमित भाडादर भन्दा ३ देखि ४ गुणा बढी भाडा असुलेर सरकारले बिदेशमा अलपत्र परेको नागरिकको उद्दारका नाउमा खुले आम कालोबजारी गरिरहेको देखेर पनि किन चुपचाप छौ ? धिक्कार छ मेरो देश, ती नागरिक समाज, सामाजिक अभियान्ता, पत्रकार, मिडिया कर्मी साथिहरु अनि तपाईं र म जस्तो सर्बसाधरण नागरीक ।
मैनाैदेखी आफैले सबै उडान बन्द गरेर नेपाली लाई संकटमा पार्ने अनि संकटको फाइदा उठाउदै आफ्नै नियन्त्रण र कमिसनको खेलमा फ्लाइटको रेट सर्बसाधरणले घरबार बेच्न पर्ने गरि बडाउदा ? के यो सरकारले खुलेयाम गरेकाे कालोबजारी हैन र ? यो विषयमा किन सबैको ध्यान जादैन ? यदि सरकारले उद्दार गर्न सक्दैन भने नियमित फ्लाइट संचालन गर्न अनुमती दिन सक्छ नि किन नदिएको ? जनताले अप्ठ्यारोको फाइदा उठाए गलत अनि सरकार आफैले अप्ठ्यारोमा पार्दै गरिब जनता मार्दै गरेको चाही सहि कसरी हुन्छ ? अहिले एक घर एक परदेश भएको छ । भोलि एक घर एक आतंककारी नबनोस ।
विदेशमा लाखौं कमाउने मात्र छैनन्, यहाँ महिनको १५/२० हजारमा पनि काम गर्ने हरु पनि छन् । दुइ देखि तीन महिन काम गरेको पैसाले भाडा तिरेर कसरी फर्कन सक्छन् तिनीहरु ? बिदेश का ९० प्रतिशत कम्पनीहरु टिकट काटेर घर पठाउन तयार छन् सरकारले कुनै रुपैया खर्च गर्नु पर्दैन तर १५/२० हजार रुपैया सेलरी दिने कम्पनीले एक लाख सम्मकाे टिकट काटेर कुन हालतमा घर पठाउछ अनि के यो तरिकाले विदेशमा अलपत्र परेका भनेका हरुको उद्दार हुन्छ त ? जनताको भलाइ का लागि बनेको सरकार दुई तिहाइको धक्कु लगाएर तिनै जनतालाई मर्न बाध्य पार्दै, उद्दारको नाउमा आफैले कालोबजारी गर्दै बस्छ भने के हामी साँचै लोकतन्त्र र गणतन्त्र मा नै छौ त ?
जयराम नेपाल, काभ्रे
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE