चलचित्र “लकडाउन” सार्वजानीक
पोखरा-कोभिड १९ नियन्त्रण गर्न गरिएको लकडाउन (बन्दाबन्दी) को विषयबस्तु समेटोर निर्माण गरिएको छोटो चलचित्र (सर्ट फिल्म) लकडाउन सार्वजानीक गरिएको छ ।
‘द सेलिब्रेटी टाइम्स’को ब्यानरमा निर्माण गरिएको चलचित्र सञ्चारकर्मी रामजी ज्ञवालीले लेखन तथा निर्देशन गर्नुभएको हो । चलचित्रमा अभिविन्द खनियाँको मुख्य भुमिका रहेको छ भने उनीसँगै सहायक भुमीकामा बर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरेले अभिनय गरेका छन् ।
कोभिड १९ नियन्त्रण गर्न नेपाल सरकारले गत चैत्र ११ गते देखि मुलुकमा लकडाउनको घोषणा गरेको थियो । लक डाउन सुरु भएसँगै मानिसहरू अनेक समस्यासँग जुधिरहेका छन् । लकडाउन कहिले खुल्छ ? अहिने नै भन्न सकिने अवस्था छैन । चलचित्रमा लकडाउन सुरू भएपछि आम नागरिकहरूले झेल्नु परेका समस्या र कष्टलाई मुख्य विषयबस्तु बनाइएको छ ।
यस छोटो चलचित्र लकडाउनमा एक सम्पन्न युवाको लक (भाग्य) कसरी डाउन भइरहेको छ भन्ने देखाउन खोजिएको छ । आर्थिक अवस्थाले झन् झन् तड्पिरहेका युवककी प्रेमिकाले आफ्ना प्रेमीको अवस्था बुभेर उनीप्रति देखाएको सद्भाव र सहयोग यस चलचित्रमा देखाउन खोजिएको छ । जस्ले यस चलचित्रलाई धेरैको मनमा अझ महत्वपूर्ण स्थान दिलाउने विश्वास गरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE