Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

सरकार विरुद्ध सडकमा उत्रिने देउवा समुहको तयारी

१४ असोज 
काठमाडौं। नेपाली कांग्रेस पार्टीको आगामी असोज १९ गते तय भएको केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने बारे धारणा बनाउन आज सभापति शेर बहादुर देउवा समुहको बैठक बुढानिलकण्ठमा बसेको थियो।

उक्त बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेल बुझाएको ज्ञापनपत्रको बारेमा बुदागत रुपमा छलफल गरी १९ गते बस्ने केन्द्रीय समितिमा स्पष्ट पर्ने निर्णय गरिएको छ ।

बैठकमा देशभर कोभिडको प्रकोपले जनता पारेको असार र सरकारले गरेको अनियमितताको र भ्रष्टाचारको बारेमा छलफल विषयमा समेत छलफल भएको छ ।

सरकारले गरेका पछिल्लो विभिन्न काण्डहको बिरोध गर्न सामाजिक दुरी कायम गरि देशभरबाट बिरोध गर्ने प्रस्ताव पनि आगामी केन्द्रीय समितिमा पेस गर्ने निर्णय भएको नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले जानकारी दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE