Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

कोभिड–१९ पहिलो खोपका क्लिनिकल परीक्षण सफल भएको दावी

एजेन्सी-रूसको सेचेनोभ विश्वविद्यालयले काेराेनाभाइरसकाे पहिलो खोपका क्लिनिकल परीक्षण सफल भएको दावी गरेको छ । खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टीका सवयम्सेवकमा परीक्षण भएको र यसको प्रयोग सुरक्षित भेटिएको छ, इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड वायोटेक्नोलोजीका निर्देशक वादिम तारासोभले रुसी समाचार संस्था स्पुतनिकलाई बताएको जनाएको छ । विश्वविद्यालयले गत जुन १८ मा रुसको गमलेइ एपिडेमिलोजी एण्ड माइक्रोबायोलोजी संस्थाले निर्माण गरेको उक्त खोपको क्लिनिकल परिक्षण गरेको हो । सेचेनोभ विश्वविद्यालयले कोरोनाभाइरसविरूद्ध विश्वको पहिलो खोपको स्वयम्सेवकमा सफलतापूर्वक परीक्षण पूरा गरिसकेको छ, तारासोभले भने । उनले थपे स्वयंसेवकहरुको पहिलो समूह बुधवार र दोस्रो जुलाई २० मा डिस्चार्ज हुनेछन् । सेकेनोभ विश्वविद्यालयमा मेडिकल परजीवी, ट्रपिकल, र भेक्टर बोर्न रोग संस्थानका निर्देशक अलेक्ज्याण्डर लुकाशेवका अनुसार अध्ययनको यस चरणको उद्देश्य मानिसमा खोपको सुरक्षा देखाउनु थियो जुन सफलतापूर्वक गरिएको थियो । उनेले भने भ्याक्सिनको सुरक्षाको पुष्टि भइसकेको छ ।
यो हाल बजारमा रहेका ती खोपहरूको सुरक्षासँग मेल खान्छ लुकाशेभले भने, थप खोप विकास गेर्ने योजना विकासकर्ताले पहिल्यै निर्धारित गरिसकेका छन्, अहिलेकोे महामारीको स्थिति जटिलता र उत्पादन बढाउने सम्भावना सहितको योजना बनिसकेको जनाएको छ । महामारीको समयमा सेचेनोभ विश्वविद्यालयले शैक्षिक संस्थाको रूपमा मात्र नभई औषधीजस्ता महत्वपूर्ण र जटिल उत्पादनहरूको निर्माणमा भाग लिन सक्षम हुने वैज्ञानिक र प्राविधिक अनुसन्धान केन्द्रको रूपमा पनि काम गरेको छ, हामीले यस खोपको निर्माण क्रममा प्रिक्लिनिकल अध्ययन तथा प्रोटोकल विकास, देखी अहिले क्लिनिकल परीक्षणहरूको काम गरिरहेका छौँ । तारासोभले उल्लेख गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE