Date
आइत, चैत्र २२, २०८२
Sun, April 5, 2026

नेपालका प्रिन्स एसियाकै उत्कृष्ट जुनियर ब्याडमिन्टन खेलाडी

श्रावण—३, काठमाडौँ
नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर ब्याडमिन्टन खेलाडी घोषित भएका छन् । एसिया ब्याडमिन्टनले प्रिन्सको लेख लेख्दै अहिलेको अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको लेखेको छ । ब्याडमिन्टन एसियाले हरेक हप्ता एसियाली क्षेत्रका उत्कृष्ट खेलाडीको आर्टिकल सार्वजनिक गर्ने गरेको छ । जस अन्तरगत यो साता नेपालका प्रिन्सका आलेखलाई सार्वजनिक गरेको हो ।
जुनियर लेभलमा प्रिन्स विश्व वरियतामा शीर्ष सातौं स्थानमा रहेका छन् । अन्तर्राष्ट्रिय स्तरमा प्रिन्सले गएको सेप्टेम्बरमा दुवई जुनियर इन्टरनेसनलमा प्रथम भएका थिए । यस्तै उनले नेपालमा र विदेशमा गरि दर्जनौं प्रतियोगितामा पदक जितिसकेका छन् ।
दार्चुलाको खलंगामा जन्मिएका उनले विभिन्न उमेर समुहमा आफ्नो राम्रो प्रस्तुती दिइसकेका छन भने नेशनल च्याम्पियनको लक्ष्यमा रहेका छन् । लामो समयको लकडाउन पछि अहिले ब्याडमिन्टनको अभ्यास सुरु भएको छ । प्रिन्स पनि अहिले आफुलाई अभ्यासमा नै व्यस्त गराइरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE