Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

वामदेवको मन्त्री बन्ने चाहनामा अन्तरिम आदेश तत्कालका लागि तगारो

७ असोज
काठमाडौँ – प्रधानमन्त्री बन्ने चाहना पूरा नभएपछि मन्त्री मात्रै भएपनि बन्ने चाहना अनुरुप नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्न पुगेका थिए। सर्वोच्चको अन्तरिम आदेशले तत्कालका लागि वामदेवलाई मन्त्री हुने बाटो पनि बन्द गरिदिएको छ।

डा. युवराज खतिवडा अर्थमन्त्रीबाट बाहिरिएपछि उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी लिने प्रयासमा उनी थिए। नेकपालाई मार्क्सवादी अर्थतन्त्र बुझेको अर्थमन्त्री आवश्यक रहेको उनी बताउँदै आएका थिए। जुन जिम्मेवारी आफूले पूरा गर्ने उनले राष्ट्रिय सभाका लागि सिफारिस भएपछि बताएका थिए।

अधिवक्ता दिनेश त्रिपाठीसहितले गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने मन्त्री परिषद्को निर्णय र राष्ट्रपति कार्यालयको सिफारिस संविधानको व्यवस्था विपरित भएको भन्दै रिट दायर गरेका थिए।

रिटमाथि अन्तरिम आदेश दिँदै न्यायाधीश आनन्दमोहन भट्टराईकझ इजलासले थप संवैधानिक जिम्मेवारी दिने र लिने कार्य नगर्न नगराउन भनेको छ। जसको अर्थ सांसदका रुपमा समेत काम गर्न नपाउने र मन्त्री बनाउन नमिल्ने भन्ने हुन्छ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE