Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

देशका केही स्थानमा भारी वर्षाको सम्भावन, सतर्क रहन आग्रह

९ असाेज
काठमाडाैँ – उत्तर पूर्व सर्दै गरेको न्युन चापिय क्षेत्रका हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
हाल भारतको मध्य प्रदेशको पुर्वी भागमा रहेको न्युन चापीय क्षेत्र केही दिनमा उत्तर पूर्वहुदै बाहिरिने छ जसको प्रभाव कम हुदै गएर वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि दिनभरको देशभर सामान्य देखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही ठाउँमा र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य देखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE