प्रयोग भइसकेका कण्डम विभिन्न उपाय अपनाएर पुनः बिक्रि गर्ने भियतनामी महिला पक्राउ
९ असोज
काठमाडौँ – भियतनाममा प्रयोग भइसकेको कण्डम विभिन्न उपाय अपनाएर पुनस् बिक्रि गर्ने महिला पक्राउ परेकी छन् । उनलाई भियतनाम प्रहरीले गैर कानुनी रुपमा प्रयोग भइसकेको कण्डम पुनस् बिक्रि गरको आरोपमा पक्राउ गरेको हो ।
ठूलो परिमाणमा गैरकानुनी रूपमा विक्रीका लागि राखिएको कण्डम बरामद गरिएको प्रहरीलाइ उदृत गर्दे बीबीसीले जनाएको छ । जुन कण्डम पहिले नै प्रयोग भइसकेका छन् । स्थानीय समाचार माध्यमहरुले प्रयोग भइसकेका कण्डम पुनः बेच्नका लागि ३ लाख २० हजारको संख्यामा राखिएको बताएका छन् ।
जो ती समाचारहरुका भिडियोमासमेत देख्न सकिन्छ । प्रहरीले पक्राउ गरेका महिला सो कण्डम बिक्रि पसलका मालिक रहेकी छन् । उनले एक गोदाममा त्यस्ता प्रकारका कण्डम भण्डारन गरेर बिभिन्न पसलमा बेच्ने गरेको प्रहरीले पाएको सूचनाको आधारमा छापा मार्दा फेला परेको हो । जुन स्थान भियतनामको दक्षिणी बन द्युङ्ग प्रान्तमा पर्दछ ।
पुनः प्रयोग गर्ने अवस्थामा यसरी ल्याइन्थ्यो
पक्राउ परेकी महिलालै प्रहरी समक्ष दिएको बयान अनुसार कम्पनीले पहिला नै प्रयोग भएको कण्डम जम्मा गरेर पखालिन्थ्यो । र, तातोपानिमा उमालिन्न्थ्यो । त्यसपछि लिङ्ग आकारको काठको ठूटामा हालेर सेलाइन्थ्यो । त्यसपछि पुन नयाँ प्याकेटमा राखिन्थ्यो ।
उनले अज्ञात ब्यक्तिहरुबाट प्रयोग भइसकेको कण्डम लिने गरेको बताइएको छ । उनले यस्ता खालका कण्डक कति परिमाणमा बेचिन् भन्नेबारेमा प्रष्ट जनाकारी आइनसकेको प्रहरीको भनाइ छ । यद्यपि उनले केजीको ०.१७ अमेरिकी डलरमा बेच्ने गरेको भने खुलेको छ । (एजेन्सीको सहयोगमा )
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE