Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

हिजोआज बत्ती किन जान्छ

१३ असोज
काठमाडौँ – नेपाल विद्युत्‌ प्राधिकरणले मर्मतसम्भार गर्न भन्दै ठाउँ(ठाउँमा केही समयका लागि बिजुली काट्ने गरिएको सूचना दिने गरेको छ।

प्राधिकरणका अनुसार पछिल्लो पटक मङ्गलवार भूमिगत तार फेर्न भन्दै काठमाडौँ बानेश्वर र सिंहदरबार क्षेत्र लगायतका स्थानमा बिहान ७ बजेदेखि ९स्३० बजेसम्म विद्युत्‌ आपूर्ति अवरुद्ध भएको थियो।

आइतवार काठमाडौँकै लैनचौरस्थित प्राधिकरणको सबस्टेशनको एउटा प्यानल बोर्डभित्र छिरेर मुसाले तार काटिदिएपछि विद्युत्‌ आपूर्ति अवरुद्ध हुन पुगेको समाचारले निकै चर्चा पायो।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसलाई प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बहिर्गमनपछि फेरि लोडशेडिङ हुने पूर्वसङ्केत पो हो कि भनेर आशङ्का व्यक्त गरे।
विविसीको सहयोगमा

WRITE COMMENTS FOR THIS ARTICLE