‘नासा स्पेस एप्स् च्यालेञ्ज २०२०’ को अन्तिममा नेपालका ११ समूह
२७ असाेज
काठमाडौँ – सरकारले जारी गरेको विज्ञान, प्रविधि तथा नव प्रवर्तन नीति २०७६ को मर्म अनुरुप नेपालले ‘नासा स्पेस एप्स् च्यालेञ्ज २०२०’ मा भाग लिएको छ ।
अमेरिकी वैज्ञानिक संस्था नासाको आह्वानमा विश्वका २०० स्थानमा भएको यो प्रतियोगितामा नवप्रवर्तनमा रुचि राख्ने करिब ३५० भन्दा बढी नेपाली युवाले भाग लिएका थिए । नेपालमा यो कार्यक्रमको संयोजन नेपाल एष्ट्रोनोमिकल सोसाइटी ९नासो० ले गरेको थियो । सात प्रदेशको आठ स्थानमा भएको कार्यक्रममा ५० समूहमा युवा सहभागी भएका थिए ।
देशव्यापी अन्तिम मूल्याङ्कनका लागि २५ समूह छानिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । यसबाट विश्वव्यापी अन्तिम मूल्याङ्कनका लागि ११ समूह छानिएको छ । समूहमा रहेका युवाले विश्वव्यापी रुपमा रहेका समस्याका बारेमा आफ्ना सोच प्रस्तुत गरेका थिए ।
विश्वव्यापी रुपमा रहेका स्वास्थ्यमा आम मानिसको पहुँच, मङ्गल ग्रहमा कसरी जाने ?, मङ्गल ग्रहमा कसरी बस्ती बसाल्ने ?, कोभिड–१९ सँग कसरी लड्ने ?, नासाले गरेका कामका बारेमा कसरी विश्वव्यापी रुपमा जानकारी दिने रु आउने पुस्ताका लागि पृथ्वीलाई कसरी जोगाउन सकिन्छ ?, पृथ्वी र अन्तरिक्षलाई कसरी जोड्न सकिन्छ ? लगायत २१ विषयमा युवाले आ–आफ्ना सोच अघि सारेका थिए ।
सोसाइटीले ४८ जना विशेषज्ञ निर्णायकको निर्णयका आधारमा ११ समूहले यी विषयमा राखेका समाधानका नवप्रवर्तनकारी सोच नासाको कार्यालयमा आजै पठाएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
नेपाली भूभागबाट भएको खोजीमा भारत, इथियोपिया, जर्जिया, इटाली, इण्डोनेसिया, पाकिस्तान र अल्जेरिया गरी अन्य सात देशका मानिसले पनि भाग लिएका थिए ।
प्रतियोगितामा भाग लिनेमा आधा महिला थिए । असोज १७ गते (अक्टोबर ३ तारिख) का दिन बिहान ९ बजेदेखि असोज १८ गते (अक्टोबर ४ तारिख) राति ११ः५९ बजेसम्म विद्युतीय माध्यमबाट सोचको खोज गरिएको थियो । निर्णायकमण्डलले पनि भर्चुअल माध्यमबाट नै मूल्याङ्कन गरेका थिए ।
आज भर्चुअल माध्यमबाट आयोजित समापन कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विज्ञान तथा प्रविधि तर्फका सचिव डा सञ्जय शर्माले विज्ञान प्रविधिका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने भएकाले यसलाई प्रवद्र्धन गर्ने सरकारको नीति रहेको बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE