Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

विचाराधिन मुद्धालाई प्रभावित पार्न खोजेको भन्दै ओलीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनाको निवेदन

११ माघ
काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनाको निवेदन पेस भएको छ । ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लागेको हो ।

उनीविरुद्ध कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्माले निवेदन पेस गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार बाजे वकिलले तमासा देखाएको भनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि व्यङ्ग्य गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE