Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026

ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए, विशाल भट्टराई नियुक्त

१४ फागुन
काठमाडौं –
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन्। प्रधानमन्त्री ओलीले गुरुङको स्थानमा ओलीले विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

प्रतिनिधि सभा पुनःस्थापनापछि संसद बैठक बोलाउने तयारी भइरहेको बेला प्रधानमन्त्री ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाइ दलको प्रमुख सचेतक बनाएका हुन् ।

ओली नेकपाको संसदीय दलका नेता हुन भने नेकपाको संसदीय दलको उपनेतामा सुवाश नेम्वाङ रहेका छन।

प्रधानमन्त्री ओलीले नेकपाको प्रमुख सचेतकमा नियूक्त गरेका भट्टराई खोटाङबाट निर्वाचत सांसद हुन्।

यसअघि ओली समूहले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री समेत रहेका नेकपाका नेता प्रदीप ज्ञवालीलाई उक्त जिम्मेवारी दिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE