Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

संसद विघटन हुनसक्छ, मलाई दोष दिन पाइदैन : प्रधानमन्त्री ओली

७ जेठ, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार सरकार निर्माण गर्न नसके आफूलाई समर्थन गर्न विपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार पत्रकार सम्मेलन गरी सके आफूविरुद्ध सरकार गठन गर्न नसके आफूलाई समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले संविधानको धारा ७६ को ५ अनुसार आफूले पनि प्रधानमन्त्रीको दाबी गर्न सक्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नदिए प्रतिनिधिसभा विघटन हुन सक्ने र त्यसको जिम्मेवार आफू नहुने बताउनुभयो । संविधानको धारा ७६(५) अनुसार आफू प्रधामन्त्री भए र त्यसपछि विश्वास प्राप्त गर्न नसके संसद विघटन हुने र त्यसको आरोप आफूलाई लगाउन नमिल्ने उहाँको तर्क रहेको छ ।

‘अहिलेसम्म मसंग १ सय २१ को मतभार छ । मलाई अलि सजिलो होला कि भनेर कोशिस गरिरहेको छु । यदि समर्थन प्राप्त भयो र त्यो राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने मैले सरकार बनाउँछु’ उहाँले भन्नुभयो, ‘अनि एक महिनाभित्र फेरि विश्वासको मत लिनेछु । फेरि विश्वासको मत नदिएर अनि विघटन ९प्रतिनिधिसभा० गर्‍यो भनेर आरोप लगाउन पाइने छैन । विश्वासको मत नदिने अनि चुनावमा गयो भन्न त पाइने छैन ।’

प्रधानमन्त्री ओली आफू तत्काल चुनावमा जाने पक्षमा नरहेको तर विपक्षीहरुको कारणले त्यो स्थिति बन्यो भने पनि संवैधानिक प्रक्रियाको रुपमा सबैले स्वीकार गर्नुपर्ने बताउनु भयो ।

‘उहाँहरुले चुनावमै पुर्‍याउनुभयो भने आकाश खस्ने कुरा होइन । यो संवैधानिक प्रक्रिया हो । चुनावै भयो भने पनि आकाश खस्छ भन्ने कुरा होइन । चुनाव त यो मंसिरमा नभए अर्को मंसिरमा त गर्नैपर्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE