नेता नवीन्द्रराज जोशीको अवस्था चिन्ताजनक, पुन:अचेत अवस्थामा
२५ फागुन
काठमाडौँ – फागुन १३ गते राति मस्तिष्कघात भएपछि अप्रेशन गरिएका नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था चिन्ताजनक बनेको छ । उहाँलाई हाल भेण्टिलेटरमा राखिएको नर्भिक अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
अस्पतालका चिकित्सक राजिव झाको नेतृत्वमा अहिले पनि उहाँको उपचार भइहेको बताइएको छ । पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत हनु भएका नेता जोशीको अप्रेशनपछि स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएपनि गत शनिबार पुन स्वास्थ्यमा खराबी आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
नेता जोशी १३ गते राति नै अचेत भई ढल्नु भएको थियो । त्यसपछि उहाँका परिवारले बीर अअस्पताल पुर्याउनु भएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई थापाथलस्थित नर्भिक अस्पताल लगिएपछि रक्तचाप उच्च भएका कारण उहाँको मस्तिष्क घात भएको चिकित्सकहरुले बताएका थिए । मस्तिष्क घातका कारण उहाँका दायाँ हात र दायाँ खुट्टा चल्न सकेको थिएन ।
उहाँको अवस्था अझै अचेत रहेकाले अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुको भनाइ छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE