नेपाल आउने जहाजको टिकट काटिसकेका युवाको कोरियामा मृत्यु
१९ चैत्र
काठमाडौँ – रोजगारीका लागि दक्षिण कोरिया पुगेका सुर्खेत, चौकुने(४ बिजौराका गगन रावलको मृत्यु भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत लिएर घर फर्किने तयारीमा रहेका बेला मंगलबार राती मृत्यु भएको हो ।
दक्षिण कोरियामा रहेका सुर्खेती युवाहरुका अनुसार सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी उनी सुतेका थिए । कोरियाली समय अनुसार बिहानतिर उनी एक्कासि ठूलो आवाजले चिच्याएका थिए । चर्को आवाजमा चिच्याएपछि उनी बेहोस भएका थिए ।
लगत्तै एम्बुलेन्समार्फत अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । हाल उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । घटनाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानकारी गराइसकिएको र शवलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको दक्षिण कोरियामा रहेका सुर्खेती युवाले जानकारी दिएका छन् ।
उनलाई हृदयाघात भएको हुन सक्ने अनुमान गरिएको छ । सुर्खेतको पश्चिम बिजौरामा रहेको उनको घरमा आमा, बुवा र बहिनी छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE