Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

संक्रमणलाई हराउन एकजुट हुनुपर्ने बेला अप्ठ्यारो मात्रै पार्न खोजियो : प्रधानमन्त्री

२७ वैशाख, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि शुरू भएको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरिरहेका छन् । ओलीले कोभिड नियन्त्रण गर्ने सरकारका प्रयासमा साथ दिन आग्रह गरे ।

‘सरकारक प्रयासहरूमा साथ सहयोग दिन । यस अभियानमा सबै पक्ष एकजुट भएर सामेल हुन र कोभिडलाई पराजित गर्ने उत्तरदायित्व बहन गर्न म आग्रह गर्न चाहन्छु ,’ओलीले भने।महामारी नियन्त्रण गर्न लाग्नुपर्ने भए पनि त्यसो नभएकोप्रति आफूलाई दुःख लागेको उनले बताए।

‘यस्तो परिस्थितिमा आज हामी स्थिरता र स्थायित्वका साथ एकतावद्ध भएर यस काममा एकजुट भएर लागेको हुनुपर्थ्यो,’ ओली भने, ‘तर, दुःखका साथ भन्नुपर्छ हामीले त्यसो गर्न सकेनौं । हाम्रा प्रयास, ध्यान जे कुरामा केन्द्रित हुनुपर्थ्यो, त्यो हुन सकेन ।’

WRITE COMMENTS FOR THIS ARTICLE