Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

इजरायलले मागेको एक हजार श्रमिकका लागि आवेदन आह्वान

साउन १२, काठमाण्डौ – इजरायलले मागेको नेपालबाट लगिने एक हजार जना श्रमिकका लागि आवेदन आह्वान भएको छ । वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर एक हजार जनाका लागि मङ्गलवार आवेदन खुलाएको हो।

२५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको, १० कक्षा उत्तीर्ण तथा केयरगिभिङ्ग तालिम प्राप्तले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि इजरायलले यसअघि नेपाली कामदार लैजान आनाकानी गरिरहेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ । सरकारले पछिल्लोपटक गएको असोज १४ गते सम्झौतापत्रमा हस्ताक्षर गरी सरकार टु सरकार (जीटूजी)मार्फत कामदार पठाउनेछ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE