Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार

४ जेठ, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE