सेयर कारोवार रकममा रेकर्ड बे्रक, एकैदिन ११ अर्ब बढीको कारोवार
सेयर बजारमा रेकर्ड बे्रक, एकैदिन ११ अर्ब बढीको कारोवार
४ जेठ, काठमाडौं– सेयर बजार परिसूचक नेप्सेले सर्वाधिक कारोवार रकमको रेकर्ड ब्रेक गरेको छ । मंगलबार सेयर बजारमा एकैदिन हालसम्मकै सर्वाधिक ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँ बराबरको कारोवार भएसँगै कारोवार रकमले रेकर्ड ब्रेक गरेको हो ।
बजार खुलेको पहिलो घण्टादेखि नै उत्साहित देखिएको बजार आज एकैदिन ३४ दशमलव ६८ अंकले बढ्दै २७९३ दशमलव ८९ विन्दूमा पुगेर बन्द भएको छ । यस्तै आज बजारमा २ सय १५ कम्पनीको कुल २ अर्ब ३१ लाख ३१ हजार ६१५ कित्ता सेयर कारोवार भएको छ । बजारमा आज कुल १ लाख १५ हजार ९६१ पटक सेयर खरिदबिक्री भएको छ जुन हालसम्मकै सर्वाधिक हो ।
आज यसदिन बजारमा कारोवार भएका मध्ये ११ वटा कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाएका छन् । आज १० प्रतिशतले बढ्ने कम्पनीहरुमा हिमाल दोलखा जलविद्युत, समता घरेलु लघुवित्त, राष्ट्रिय जलविद्युत कम्पनी र शिभश्री हाइड्रोपावर कम्पनी लगायत रहेका छन् ।
सेयर बजारमा हरियाली छाएसँगै लगानीकर्ता पनि उत्साहित भएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE