Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

तपाईं अहिले यता र उता दौडिनुभयो भने पछुताउनु पर्ला : नेकपा अध्यक्ष दाहाल

चितवन-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी विभाजन हुन नदिइने बताउनु भएको छ । नेकपा चितवनले आइतबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीलाई विभाजन नभई एकताबद्ध हुने दाबी गर्नुभएको हो । ‘पार्टीलाई विभाजित हुन दिइने छैन । पार्टी एकताबद्ध हुन्छ । तपाईं अहिले यता र उता दौडिनु भयो भने पछुताउनु पर्ला,’ सम्बोधनमा अध्यक्ष दाहालले प्रस्ट्याउनुभयो । उहाँले नेताहरुले अध्यक्षद्वयलाई गएर एकअर्कालाई नछोड्न भनेर उक्साउने गरेकाले त्यस्तो प्रवृत्तिप्रति सावधान रहँदै खबरदारी गर्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
‘हामी नेताहरुलाई एउटाले गएर केपीलाई प्रचण्डलाई छोड्न हुन्न भनेर उक्साउने, अर्कोले आएर प्रचण्डलाई केपीलाई छोड्न हुन्न भन्ने उक्साउने प्रवृत्तिहरु देखिएको छ । तपाईँहरुले यो प्रवृत्तिप्रति सावधानी रहँदै खबरदारी गर्नु पर्ने त्यहाँनिर हो,’ उहाँको भन्नुभयो । दाहालले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी सबैको भएको पनि बताउनुभयो । उहाँले हिजो नाकाबन्दीको सामना गर्नेदेखि लिएर नयाँ नक्सा जारी गर्ने काम सबै मिलेरै गरिएको बताउनुभयो । उहाँले ‘यहाँ कोही राष्ट्रवादी, कोही राष्ट्रघाती दलाल होइन । हामी सबै मिलेरै नक्सा बनाएको हो, ।
पार्टीको स्थायी कमिटी बैठकमा पहिलो एजेन्डा सीमा समस्या समाधान थियो । त्यहाँ मैले बोल्दा होस् वा अरुले बोल्दा होस् सबैले सरकारलाई धन्यवाद दिइएको छ । कमरेड केपी ओलीलाई धन्यवाद दिइएको छ ।’ नक्सा जारी गरेको विषयलाई लिएर प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै गरेको टिप्पणीप्रति संकेत गर्दै अध्यक्ष दाहालले प्रश्न गर्नुभएको छ , ‘के राष्ट्रवाद मूर्दावाद र जिन्दावादको कुरा हो ? पार्टीभित्र मूर्दावाद जिन्दावाद भन्ने कुरा हो त ?’

WRITE COMMENTS FOR THIS ARTICLE