Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

महिलामाथिहुने कुनै पनि हिंसा क्षम्य नहुने प्रधानमन्त्री ओलीको भनाइ

महिलामाथिहुने कुनै पनि हिंसा क्षम्य नहुने प्रधानमन्त्री ओलीको भनाइ

१६ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य नहुने बताउनुभएको छ ।

तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले सरकारले महिलामाथि हुने हिंसाविरूद्ध काम गरिरहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले महिला हिंसा, बलात्कार, कुटपिट, अपमान, गालीबेइज्जती, कूप्रथा र कूचलनविरूद्ध संघर्ष जारी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा आमा दिदी बहिनीहरूलाई बोक्सीको आरोप लगाउने जस्तो भ्रम र अन्धविश्वास छ, जानीजानी, स्वार्थ, अहंकार र पछौटेपन जे भए पनि क्षम्य हुन सक्दैन । ’

महिला हकअधिकारको आन्दोलन महिलाको मात्र हो भनेर पुरुषले सोच्नुनहुने बताउँदै प्रधानमन्त्री ओलीले सरकारले बलात्कार र एसिड आक्रमणका विरूद्ध कानुन निर्माण गरेर काम गरिरहेको पनि बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE