युवासंघको भर्चुअल बैठकमा प्रधानमन्त्रीको सम्बोधनः सरकारमाथि भइरहेको आक्रमण रोक्न निर्देशन
युवासंघको भर्चुअल बैठकमा प्रधानमन्त्रीको सम्बोधनः सरकारमाथि भइरहेको आक्रमण रोक्न निर्देशन
१७ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि भइरहेको आक्रमण रोक्न युवा संघलाई निर्देशन दिएका छन् ।
एमालेनिकट संगठन युवा संघको अन्तरक्रियात्मक कार्यक्रममा सोमबार जुममार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि चारैतिरबाट आक्रमण भएकाले रोक्न र छेक्न युवा संघका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।
सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीमाथि चारैतिरबाट सर वर्षा भइरहेको छ । ती सर वर्षालाई भाँड्ने र छेक्ने काम गर्नुपर्छ । हामीसँग होला मिडिया हाउस स्थापना गरेका छैनौ, त्यो हाम्रो कमजोरी होला’। उहाँले चुनावका लागि भनेर सरकार घटिया काम नगर्ने भन्दै एउटा व्यक्ति जित्छ हार्छ भनेर सरकारले नहेर्ने बताए ।
एउटा व्यक्ति कसले जित्छ हार्छ, सरकारले त्यो हेर्दैन, लोकतन्त्रलाई जिताउनुपर्छ भन्ने सरकारको काम हो त्यो मात्र हेर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE