Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

भदौमा महाधिवेशन गर्न प्रतिबद्ध रहेको कांग्रेस सभापति देउवाको भनाइ

भदौमा महाधिवेशन गर्न प्रतिबद्ध रहेको कांग्रेस सभापति देउवाको भनाइ

२६ जेठ, काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन हुने बताउनुभएको छ ।

यसअघि नै कांग्रेसले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको थियो ।

यद्यपि कोरोना महामारीका कारण हालसम्म क्रियाशील सदस्यता वितरणका काम सकिएको छैन।

कांग्रेसले १० लाख क्रियशील सदस्य बनाउने भनेको छ । तर अहिलेसम्म जम्मा ८ लाख मात्र क्रियाशील सदस्य पुगेका छन्।

सिन्धुपाल्चोक लगायत जिल्लामा क्रियाशील सदस्यता वितरण गर्न बाँकी नै रहेको कांग्रेसले जनाएको छ ।

पूर्ववत समयमा महाधिवेशन हुन गाह्रो भएकोले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले सभापति देउवालाई महामारीकै बीचमा पनि महाधिवेशन गर्न ध्यानाकर्षण गराइरहेका छन्।

यसै अवस्थाबीच सभापति देउवाले आज एक विज्ञप्ति निकालेर भदौमै महाधिवेशन गराउने कुरा प्रस्ट पार्नुभएको हो ।

सभापति देउवाद्वारा जारी विज्ञप्तीमा ‘यस्तो विषय परिस्थितिमा पनि हामीले भदौमा पार्टीको महाधिवेशन सम्पन्न गर्नु परेको छ। म देशभरका साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु भदौमा महाधिवेशन हुन्छ,’ लेखिएको छ ।

देउवाले महाधिवेशनका लागि तयारी गर्नुपर्ने पनि विज्ञप्तीमा उल्लेख गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE