Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

प्रतिनिधि सभासम्बन्धी रिटमा बहस गर्न १५ घण्टामात्र समय तोकियो, चार जना एमिकस क्युरी झिकाउन आदेश

प्रतिनिधि सभासम्बन्धी रिटमा बहस गर्न १५ घण्टामात्र समय तोकियो, चार जना एमिकस क्युरी झिकाउन आदेश

२६ जेठ, काठमाडौं– प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा अब १५ घण्टामात्रै बहस हुने भएको छ ।

सर्वोच्चको संवैधानिक इजलासको बुधबारको सुनुवाइपछि जारी आदेशमा अब १५ घण्टामात्र बहस गर्न दिइने लेखिएको छ ।

आदेशमा लेखिएको छ, “इजलासमक्ष बहस छलफल गर्ने प्रयोजनका लागि रिट निवेदकतर्फका कानुन व्यवसायीहरुका लािग सुरु बहसका सन्दर्भमा बढीमा १२ घण्टा र प्रत्यर्थीहरुको तर्फबाट बहस जिकिर समाप्त भएपछि प्रत्युत्तर बहसका लागि कुल तीन घण्टा समय गरी १५ घण्टा बहसका लागि समय प्रदान गरिनेछ । सरकारी वकिलहरुसहित प्रत्यर्थीहरु तर्फका सबै कानुन व्यवसायीका लागि कुल १५ घण्टा मात्र कार्य समय (बहस समय) प्रदान गरिनेछ ।”

यस्तै अदालतले चार जना एमिकस क्युरी झिकाउन पनि आदेश दिएको छ ।

यसअघि पुस ५ गते संसद विघटन हुँदा पनि सर्वोच्चले पाँच जना एमिकस क्युरी झिकाएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE