बालुवाटारमा बादलसहितको महाधिवेशन आयोजक कमिटी बैठक जारी
बालुवाटारमा बादलसहितको महाधिवेशन आयोजक कमिटी बैठक जारी
१५ असार, काठमाडौं– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छ । कमिटीको बैठक बालुवाटारमा शुरु भएको हो ।
यस बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने एमालेको तयारी छ । कमिटी खारेज सोही कमिटीलाई केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी रहेको छ ।
उक्त बैठकमा पार्टीमा असन्तुष्ट माधवकुमार नेपालसहित कारवाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । यद्यपि नेपाल समूहका नेताहरु बैठकमा गएका छैनन् ।
विधानले बैठक नचिन्ने भन्दै नेपाल समूहले बैठकमा अनुपस्थित भएको जनाएको छ ।
गत २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE