अध्यक्ष शर्माद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडितलाई आर्थिक सहयोग
अध्यक्ष शर्माद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडितलाई आर्थिक सहयोग
२४ असार, काठमाडौं– समाजसेवी संगीता शर्माले जन्मदिनको अवसर पारेर फोक्सो क्यानसर उपचाररत कमल रोकायालाई सहयोग गर्नुभएको छ ।
समाजसेवी शर्माले काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत कमल रोकायालाई जन्मदिनको अवसरमा १५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
शर्माले यस वर्ष मात्र नभएर हरेक वर्ष आफ्नो जन्मदिन वृद्धाश्रम तथा बालआश्रममा पुगेर मनाउने गरेको बताउनुभयो ।
पछिल्लो समय जन्मदिनमा हजारौं खर्च मनाउने प्रचलन रहेको भन्दै त्यसरी खर्च गर्नुभन्दा जन्मदिनको अवसरमा दिनदुःखीको सेवा गर्नु उदाहरणीय र सहयोग पनि हुने उहाँले बताउनुभयो ।
जन्मदिनकै अवसर पारेर शर्माले बाल तथा युवा परिचालन केन्द्र का ३३ जना बालबालिकालार्इ पनि एकदिनको खानाको व्यवस्था गरी खुवाउनुभयो ।
समाजसेवी शर्मा हाल लायन्स क्लब अफ काठमाडौं न्यू स्मार्ट सिटिको अध्यक्ष रहनुभएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE