Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सेनाका जवानद्वारा आफैंलाई गोली हानी आत्महत्या

सेनाका जवानद्वारा आफैंलाई गोली हानी आत्महत्या

३० असार, काठमाडौं– नेपाली सेनामा कार्यरत सेनाका जवानले गोली हानी आत्महत्या गरेका छन् ।

महोत्तरीमा एक जना सेनाका जवानले आफैंलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको हो ।

महोत्तरीको रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत नेपाली सेनाका एक जवानले बुधबार बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले जानकारी दिए ।

प्रहरीका अनुसार जवान आफैंले मिनी इन्सास हतियारले बाँया कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । आत्महत्या गरेका जवानको घर रामेछाप रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान अन्दाजी पाँच बजेतिर अतिथि गृहसँगैको कोतमा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तलाई घटनास्थलमा बोलाइएको र उनीहरु आएपछि मात्रै नाम–ठेगाना सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE