Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

चार वर्षीया बालिकाको जलेर मृत्यु

३ साउन, काठमाडौँ – ओखलढुंगामा चार वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । सिन्धुली फिक्कल गाउँपालिका वडा नम्बर ५ बस्ने समिता राई खड्काकी ४ वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयले जनाएको छ।

धनकुमारी खड्का ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ स्थित मामा घरमा आएकी थिइन्। त्यहाँको गाइ गोठमा आइतबार दिउँसो १ बजे हातमा लाइटर बोकेर खेल्दै गर्दा अचानक लाइटर सल्केर गोठमा आगलागी भएको थियो।

सोही आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। यसैगरी गोठमा रहेका दुई वटा गाई र चार वटा बाख्रा मरेका छन्।

घटनास्थलमा प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE